७ चैत,काठमाडाै । पाटे बाघले ठोरीका एक किसानको गोठ नै रित्याएको छ ।
सोमबार राति १२ बजे ठोरी-४, घ्याङडाँडाका किसान मिकमार लामाको गोठमा पसेको हो । बाघले एउटा पाडा र ६ ओटा बाख्रा मारेको लामाले बताए।
राति घरमा सुतिरहेको बेलामा अचानक बाघ गोठमा आएकाे थियो । बाघले पाडालाई आक्रमण गर्नेबित्तिकै लामा दम्पतीले चाल पाए र उनीहरूले हारगुहार गरेर गाउँलेलाई बोलाएका थिए ।
बाघको आक्रमणबाट एक लाख रूपैयाँ भन्दा बढीको क्षति पुगेको गुनासो लामाले गरेका छन् ।

