Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौं महानगरपालिकाभित्रका यी सडक खण्डलाई एकतर्फी बनाउन नक्सा तयारी

काठमाडौं महानगरपालिकाभित्रका यी सडक खण्डलाई एकतर्फी बनाउन नक्सा तयारी

जोईन खबर

२२, आश्विन २०८०
  • 820
    SHARES
  • काठमाडौं महानगरपालिकाभित्रका  यी  सडक खण्डलाई एकतर्फी बनाउन नक्सा तयारी

    २२ असाेज काठमाडाैँ । काठमाडौं महानगरभित्रका ३ वटा सडक खण्ड कमलादी मोडबाट प्रज्ञाभवन घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल काठमाडौं प्लाजा पुग्ने सडक एकतर्फी बनाउन लागिएको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । त्रिपुरेश्वरतर्फबाट काठमाडौं–ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै गुसिङ्गाल निस्किने सडक पनि एकतर्फी बनाउन लागिएको प्रवक्ता भट्टले जानकारी दिए ।

    images

    ट्राफिक सङ्केत र सार्वजनिक सूचना निकाल्न बाँकी छ । सार्वजनिक सूचना प्रकाशित भएपछि केही दिन यात्रु र चालकहरुलाई एकतर्फी बनाइएकोबारे जानकारी दिइने छ । त्यसपछि  कार्यान्वयनमा जाने र नियम उल्लंघन गरेमा जरिमानासहितको कारबाही हुने ट्राफिक प्रहरीले जनाएको छ ।

    images
    images
    images

    जमल र दरबारमार्गबाट रत्नपार्कतर्फ आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडिएर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौं प्लाजाबाट वायाँ मोडिएर महेन्द्र शालिकतर्फ जान पाइने छैन ।

    प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - १३:०१:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको