कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रंगशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् ।
मंगलबार रंगशाला स्थलबाट सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारणमा जोडिएका उनले सरकारले निर्णय देला र हरहिसाब सार्वजनिक गरौंला भनेर बस्दाबस्दै डेढ वर्ष बितेको बताए ।
धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्षसमेत रहेका धुर्मुसले भने, ‘कोही कसैलाई हाम्रो हिसाब चित्त बुझेको छैन भने एक पटक रंगशाला आइदिनुस् । तपाईंले गरेको सहयोग बराबर संरचना बनेको ठहर्याएर म मर्न तयार छु ।