Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज शनिबारको राशिफल कस्तो छ , ल हेर्नुस

आज शनिबारको राशिफल कस्तो छ , ल हेर्नुस

जोईन खबर

२७, आश्विन २०८०
  • 775
    SHARES
  • आज शनिबारको राशिफल कस्तो छ , ल हेर्नुस

    मेष

    images

    आज सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्,।

    वृष

    आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

    मिथुन

    प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । केही कुराले गर्दा मनमा अशान्ति हुनेछ ।

    कर्कट

    आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ ।

     

    सिंह

    साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । 

    कन्या

    आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ।

    तुला

    आज आफन्तसँग मनमुटाव बढ्ला । अनावश्यक ठाउँमा धन खर्च होला | वैदेशिक क्षेत्र कमजोर रहनेछ ।

    वृश्चिक

    आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

     

    धनु

    आज विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ ।

    मकर

    टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । 

    कुम्भ

    अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सामान हराउन सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

    मीन

    शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिकाे अागमन हुनेछ। 

    प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - ०६:५४:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको