८चैत काठमाण्डौ। चन्द्रागिरी नगरपालिका ११ सिप्रदीमा गएराती ट्रकमा स्कुटर ठोकिदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक बाग्लुङका अन्दाजी २३ वर्षीय किरण के.सी. रहेका छन् । महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा गएराती १ बजे के.सी.को मृत्यु भएको हो ।
सडक छेउमा रोकी राखेको ना ७ ख ५७१२ नम्बरको ट्रकमा नागढुङ्गाबाट थानकोटतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१०प ३२१७ नम्बरको स्कुटर गएराती १२ बजे ठोकिएको थियो ।