८चैत काठमाडाै। रामेछाप नगरपालिका ८ बाबियोखर्कमा हिजो JCB दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
घाइते भएका चालक रामेछाप नगरपालिका बस्ने बर्दियाका अन्दाजी २५ वर्षीय सागर थारुको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । डुम्रि खर्कबाट रामेछापडाँडा आउने क्रममा प्रदेश नम्बर ३-०१-००३ क ७५२९ नम्बरको JCB हिजो अपरान्ह साढे ४ बजे सडकबाट करिब २०० मिटर तल खसेको थियाे।