९ चैत, काठमाडौं । चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र सार्ने त्रिभुवन विश्वविद्यालयको निर्णयको विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । विद्यार्थीहरु स्ववियु निर्वाचन कारण अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन उनीहरुले माग गरेका छन् ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्त विज्ञप्ति जारी गर्दै परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र सार्ने निर्णय गरेको आरोप लगाएका छन् । 