Logo

बुधवार, श्रावण १३ गते २०८३

पोखरामा वन विज्ञान क्याम्पसमा १२ गते स्ववियु निर्वाचन गर्ने

पोखरामा वन विज्ञान क्याम्पसमा १२ गते स्ववियु निर्वाचन गर्ने

जोईन खबर

९, चैत्र २०७९
  • 751
    SHARES
  • पोखरामा वन विज्ञान क्याम्पसमा १२ गते  स्ववियु निर्वाचन गर्ने

    ९ चैत, काठमाडाै । पोखरा वन विज्ञान अध्ययन संस्थान पोखरामा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।क्याम्पसको निर्वाचन समिति कार्यालयमा विद्यार्थी संगठनले तालबन्दी गरेपछि निर्धारित चैत ५ गते निर्वाचन हुन सकेको थिएन ।

    images

    बुधबार विद्यार्थी संगठनबीच निर्वाचन प्रक्रिया सुरु गर्ने सहमति भएसँगै कार्यतालिका सार्वजनिक भएको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सामुदायिक गरेर कास्कीका ६ क्याम्पसमा स्ववियु निर्वाचन गर्ने तयारी थियो ।336930105_946075260140700_6964314892551998815_n.jpg

    देशकै सबैभन्दा धेरै मतदाता भएको पृथ्वीनारायण क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा उच्च अदालत पोखराले अन्तरिम आदेश नआउँदासम्मका लागि निर्वाचनका कुनै पनि गतिविधि नगर्न अल्पकालीन आदेश दिएको छ ।

    पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीले दर्ता गरेको समूह अर्कै नाममा प्रकाशन गरिएपछि रिट दायर गरेका थिए भने पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा सरकारी सेवासुविधा लिँदै आएका कर्मचारी स्ववियु निर्वाचनमा भाग लिएको भन्दै रिट दर्ता भएको थियो ।

    अखिल क्रान्तिकारी विप्लव, अखिल संयुक्तलगायतले निर्वाचन डाटा ‘लिक’ गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने माग राख्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि समितिले काम गर्ने स्थिति नबेनेको भन्दै राजीनामा नै दिइसकेको छ ।

    प्रकाशित मिति :चैत्र ९, २०७९ बिहिवार - १५:१४:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको