९ चैत, काठमाडौं । आगामी अप्रिल १८ देखि मे २ सम्म नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक भएको छ ।
प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा र मुलपानी क्रिकेट मैदानमा हुने छन् ।समूह ए मा नेपाल र ओमानसँगै मलेसिया, कतार र साउदी अरेबिया छन् ।
नेपालले दोस्रो खेल मे २१ मा ओमानसँग कीर्तिपुरमै खेल्नेछ र यो नेपालको ५० औं ओडीआई खेल हुनेछ ।
नेपाल र ओमानसहित स्कटल्याण्ड आईसीसी क्रिकेट लिग टू को शीर्ष तीन भित्र रहँदै आगामी जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप क्वालिफायरमा छानिएका छन् ।
दुवै मैदानमा समूह्य चरणमा १०-१० र एक एक सेमिफाइनल खेल हुनेछ । फाइनल र तेस्रो स्थानको खेल कीर्तिपुरमा हुनेछ । फाइनल खेल मे १ तारिखमा हुनेछ भने मे २ तारिखलाई रिजर्भ डे राखिएको छ ।

