१०चैत काठमाडाै। थाक्रे गाउँपालिका ७ राम्चेमा गएराती ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धादिङकै राम्चेका अन्दाजी ३० बर्षीय अन्जन तामाङको मृत्यु भएको हो ।
गम्भीर घाईते भएका तामाङको उपचारको क्रममा काठमाडौँ स्थित राष्ट्रिय ट्रमा सेन्टर आज बिहान साढे ३ बजे मृत्यु भएको हो ।
हाप्सेचौरबाट बज्रकाली स्थित ढुङ्गा खानि तर्फ जाँदै गरेको बा २ क ४७०० नम्बरको ट्रिपर गएराती सवा २ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।