Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारले संसदीय काेषकाे आठ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्निर्माणमा खर्च गर्ने निर्णय

सरकारले संसदीय काेषकाे आठ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्निर्माणमा खर्च गर्ने निर्णय

जोईन खबर

२७, कार्तिक २०८०
  • 793
    SHARES
  • सरकारले संसदीय  काेषकाे  आठ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्निर्माणमा खर्च गर्ने  निर्णय

    २७ कार्तिक काठमाडाैँ । सरकारले संसदीय काेषकाे लागि छुट्याएको आठ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनःस्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको छ ।

    images

    सोमवार बसेको मन्त्रिपरिषद् बैठकले संसदीय काेषकाे लागि छुट्याएको रकममा एक अर्ब ७५ करोड रुपैयाँसमेत कोषमा थप गरी जम्मा १० अर्ब रुपैयाँ विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने निर्णय गरेको छ ।यसैगरी बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

    images
    images
    images

    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे थियाे । प्रधानमन्त्री सचिवालयअनुसार भूकम्पका कारण  क्षति भएकाहरूलाइ अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।

    प्रकाशित मिति :कार्तिक २७, २०८० सोमवार - १६:५७:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको