१२चैत काठमाडाै ।मोहन्याल गाउँपालिका ५ तालबन्दमा बिहान ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार कैलालीकै गौरीगंगा नगरपालिका ७ का ४५ वर्षीय चक्र जेठारा रहेका छन् ।
धनगढी स्थित सेती प्रादेशिक अस्पताल उपचारको क्रममा गएराती साढे १० बजे उनको मृत्यु भएको हो । घाइते भएका मोहन्याल गाउँपालिका ५ कै २० वर्षीया निर्मला रोका मगर र ४० वर्षीया गौमती वि.क.को सोही अस्पतालमा उपचार भइरहेको छ ।
से २ त २८५० नम्बरको ट्याक्टर हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।