११ मंसिर काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब (युएई) प्रस्थान गर्ने भएका छन् ।बुधबार प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन (कोप-२८) को २८औँ सम्मेलनमा भाग लिन युएई जाने भएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन् । २८औँ सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म युएईको दुबईमा हुनेछ । डिसेम्बर ३ मा प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम रहेको छ ।