१२ मंसिर काठमाडाैँ । मेडिकल व्यवासायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन् ।प्रसाईंका स्वकीय सचिव थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
सोमबार गौशालाबाट १४ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।