१२ मंसिर काठमाडाैँ । गाेरखाकाे गोरखा बजारको नजिकै १६ किलोमा ईलेक्ट्रिक कार दुर्घटनामा भएकाे छ । दुर्घटना हुदा कार चालक सामान्य घाईते भएका छन् । गोरखा बजारदेखी चितवानतर्फ जादै गरेको बाग्मती प्रदेश ०१–०२९ च २९७४ नम्बरको कार सोमबार दिउसो दुर्घटनामा परेको हो ।
उक्त कार सोमबार दिउसो गोरखा नगरपालिका–११ को १६ किलो भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताउनु भयाे ।
दुर्घटनामा कार चालक गाेरखा सिरानचोक गाउँपालिका वडा न ३ हर्मीका प्रविण पोख्रेल रहेकाे र उनी सामान्य घाईते भएका छन् ।
कार सडकबाट १० मिटर तल खसेको कार्यालयले जानकारी दिएको छ ।साेही कार तिब्र गतिका कारण दुर्घटना भएकाे हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले अनुमान गरेको छ । घटनाकाे थप विवरण अाउन बाँकी छ ।