१३ मंसिर काठमाडौँ । नेपाल प्रहरीले अनलाइन सामान किन्दा अग्रिम भुक्तानी नगर्न आम नागरिकहरूलाइ अनुरोध गरेको छ। अनलाइन सामान अर्डर गरी विभिन्न मध्यबाट पैसा अनलाइन अग्रिम भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने प्रयास धेरै भएको भन्दै सचेत हुन आग्रह गरेका छन् ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटनाहरू भएको धेरै उजुरी पर्न थालेकाले सामान आफु संग भए पछि मात्रै सामानको भुक्तानी दिन आग्रह गरेका छन्।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कडायतले अनुसार पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलाप थुपरै गुनासो आएका बताएका छन् ।
अनलाइनबाट सामान लिदा सम्बन्धित पेजरअकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेरमात्र कारोबार गर्नुपर्छ।प्रहरीले यस्ता ठगीका सम्बन्धमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सप्रमाण निवेदन दिन पनि अनुरोध गरेको छ।