Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मौसम महाशाखा अनुसार ५ प्रदेशमा वर्षाको सम्भावना

मौसम महाशाखा अनुसार ५ प्रदेशमा वर्षाको सम्भावना

जोईन खबर

१४, मंसिर २०८०
  • 697
    SHARES
  • मौसम महाशाखा अनुसार ५ प्रदेशमा वर्षाको सम्भावना

    १४ मंसिर काठमाडाैँ । आज देशका  ५ प्रदेशमा  वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको बताएको हो।

    images

    महाशाखाकी मौसम विद प्रतिभा मानन्धरले न्यून चापीय प्रणालीका कारण आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बताइन्।

    images
    images
    images

    बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने भन्दै उनले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन्। साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत रहेको उनले जानकारी दिइन्।

     

    प्रकाशित मिति :मंसिर १४, २०८० बिहिवार - १३:०५:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको