Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुई जिल्लाको नगरपालिका बिच संयुक्त कार्यपालिका बैठक गोरखामा सम्पन्न

दुई जिल्लाको नगरपालिका बिच संयुक्त कार्यपालिका बैठक गोरखामा सम्पन्न

जोईन खबर

१४, मंसिर २०८०
  • 736
    SHARES
  • दुई जिल्लाको नगरपालिका बिच संयुक्त कार्यपालिका बैठक गोरखामा सम्पन्न

    १४ मंसिर काठमाडाैँ । गाेरखा जिल्लाकाे गोरखा नगरपालिका र धादिङको निलकण्ठ नगरपालिकाको बिथकाे संयुक्त कार्यपालिका बैठक गोरखामा सम्पन्न भएको छ ।यी दुई नगरपालिका बिच विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन, ऐतिहासिक तथा सांस्कृतिक पूर्वाधार निर्माण साझेदारी लगायतका निर्णय गर्दै बैठक सम्पन्न भएको गोरखा नगरपालिकाका वातावरण अधिकृत धुब्रप्रसाद घिमिरेले जानकारी दिनुभयो।

    images

    बैठकमा दुबै नगरपालिकाले एकअर्का नगरपालिकाको ऐतिहासिक तथा साँस्कृतिक महत्व झल्कने पूर्वाधार निर्माण गर्ने निर्णय समेत गरेको छ । गोरखा नगरपालिकाको ऐतिहासिक तथा साँस्कृतिक महत्व झल्कने पूर्वाधार निर्माण निलकण्ठ नगरपालिका क्षेत्रमा र निलकण्ठ नगरपालिका ऐतिहासिक तथा सांस्कृतिक महत्व झल्कने पूर्वाधार निर्माण गोरखा नगरपालिका क्षेत्रमा निर्माण गर्ने गरी दुवै नगरपालिका बिच समझदारी भएको छ ।समझदारी अनुसार निलकण्ठ नगरपालिकाले गोरखाको इतिहास झल्कने “राम शाहको न्यायको चौतारा’’ निर्माण गर्ने भएको छ ।

    images
    images
    images

    बैठकले दुवै पालिकाको संस्थागत सुदृढीकरणको लागि गोरखा नगरपालिका र निलकण्ठ नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगको आदान प्रदान गरिने उल्लेख छ, भने दुवै पालिकाका नगरप्रमुखहरुको फोटो   र उप–प्रमुखहरुको फोटो संयुक्त रुपमा आ–आफ्नो  कार्यकक्षमा राख्ने निर्णय संयुक्त कार्यापालिकाको बैठकले गरेको हाे ।

    निलकण्ठले चालु आर्थिक बर्ष २०८०र०८१ मा नगरपालिका क्षेत्र भित्र आफ्नै लगानीमा रामशाहको न्यायको चौतारा निर्माण गर्ने भएको हो । यस्ता ऐतिहासिक तथा सांस्कृतिक महत्व झल्कने पूर्वाधार निर्माण गर्दा एक आपसमा प्राविधिक तथा आर्थिक साझेदारी गर्ने समेत निर्णय दुई नगरपालिका बिच भएको छ ।

     

    प्रकाशित मिति :मंसिर १४, २०८० बिहिवार - १५:३८:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको