१५ मंसिर काठमाडाैँ । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बर महिनामा पर्यटक आगमन मध्ये २० प्रतिशत पर्यटक छिमेकी मुलुक भारतबाट आएका छन् । याे समयमा भारतबाट २४ हजार ४४३ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् ।
साथै संयुक्त राज्य अमेरिकाबाट ११ हजार ४६१ जना ,चीनबाट ७ हजार ६०१ जना, बेलायतबाट ६ हजार १३८, अस्ट्रेलियाबाट ५ हजार ६०, थाइल्यान्डबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलङ्काबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ जना पर्यटक नेपाल भित्रिएका छन् ।