१८ मंसिर काठमाडाैँ । गोरखाको अजिरकोटमा एक बालीका माथि यौन दुव्र्यहारको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अजिरकोट गाउँपालिका वडा न ५ घर भएका ३७ बर्षका पुरुष रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उक्त व्यक्तिले बहिनी नाता पर्ने ११ बर्षकी काकाको छोरीलाई यौनदुव्र्यहार गरेको आरोप लागेको छ । गएको शुक्रबार राती करिब ९ बजेको समयमा घरको कोठामा यौनदुव्र्यहार गरेको पिडितकी आमाले जाहेरीमा उल्लेख गरेकी छिन् । तेही जाहेरी अनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी विरुद्ध बालयौन दुरुपयोग कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ ।