१९ मंसिर काठमाडाैँ । भारतीय कलाकार 'सिआइडी' का दिनेश फडनिसको निधन भएको छ। उनी मंगलबार मुम्बईस्थित तुंगा अस्पतालमा निधन भएको हो।
उनको निधन भएको खबर सिआइडीमा दयाका भूमिकामा देखिने दयानन्द शेट्टीले पुष्टि गरेका हुन्।उनलाई हृदयाघात भएसँगै स्वास्थ्यमा पनि ठूलाे समस्या देखिएको थियो।
गतशुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको र भर्ना गर्दा मल्टिपल अर्गन फेल भएको कारण उनको निधन भएको हो।उनको अन्तिम संस्कार दौलत नगर श्मशान गृह, बोरिवली पूर्वमा गरिने भएको छ।