१३चैत काठमाडौं। शंखरापुर नगरपालिका १ तल्लो नाङ्लेभारेमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय राम बहादुर तामाङ रहेका छन् । तामाङको उपचारको क्रममा त्रि।वि शिक्षण अस्पताल महाराजगञ्जमा राती सवा ९ बजे मृत्यु भएको हो ।
पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा घाइते भएका चालक शंखरापुर नगरपालिका ३ का १५ वर्षीय राजेन्द्र तामाङको उपचार शंखरापुर अस्पतालमा भइरहेको प्रहरी चौकी नाङ्लेभारेले जनाएको छ ।
जरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो ।