२० मंसिर काठमाडौँ । सुर्खेतमा डुंगा पल्टिँदा बेपत्ता भएका मानिसको शव आज फेला परेको छ । सुर्खेतको चौकुने गाउँपालिका वडा न ५ तोस्रा बस्ने ५८ वर्षीय नन्दराम दर्लामीको शव मंगलबार फेला परेको हो ।
बेपत्ता दर्लामी मंसिर ११ गते साँझ कर्णाली नदीमा डुंगा पल्टिँदा बेपत्ता भएका थिए । घटना हुन साथ खोजी कार्य गरे पनि शव फेला परेको थिएन ।
उनको शव आज सोही गाउँपालिका(१० कुमालाको धुरखोलास्थित नदी छेउमा शव फेला परेको सुर्खेत प्रहरीले बताएका छन् ।यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।