Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानमा सानलाई अझ मजबुत ढंगले अगाडि बढाउनु

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानमा सानलाई अझ मजबुत ढंगले अगाडि बढाउनु

जोईन खबर

२१, मंसिर २०८०
  • 679
    SHARES
  • राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानमा सानलाई अझ मजबुत ढंगले अगाडि बढाउनु

    २१ मंसिर काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई अझ मजबुत ढंगले अगाडि बढाउनु पर्ने बताएका छन् ।

    images

    सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाता बुधबार सानको कार्यालयमा भएको बैठकमा सदस्य–सचिव घिसिङले राज्यका विभिन्न निकायसंग समन्वय गरी सानलाई वैज्ञानिक ढंगले अगाडि बढाउदै मजबुत बनाउनु पर्नेमा जोड दिएका हुन् ।‘सानलाई मजबुत बनाउन प्रदेश र स्थानिय निकायसंग सहकार्य गरी अगाडि बढ्नु आवश्यक छ ।

    images
    images
    images

    नेपाली खेलकुदलाई वैज्ञानिक ढंगले कसरी अगाडि बढाउन सकिन्छ यो विषयमा गम्भीर भए काम गर्नुस् ।’ सदस्य–सचिव घिसिङले बैठकमा भने– ‘सरोकारवाला सबै संग छलफल गरेर खाका तयार गर्नुस् ।’बैठकमा राखेपका पूर्व सदस्य–सचिव युवराज लामाले सानै उमेरदेखि बालवालिकालाई खेलकुदमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यकता औल्याए ।

    सानका निर्देशक कृष्णप्रसाद तिम्सिनाले सानले विगतमा गरेको कार्यक्रमको जानकारी गराउनुका साथै भावी कार्यक्रम बारे पनि प्रकाश पारेका थिए ।

    प्रकाशित मिति :मंसिर २१, २०८० बिहिवार - १२:२९:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको