२१ मंसिर काठमाडाैँ । काठमाडौँको ढुंगेधारामा बुधबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बगमती प्रदेश ०२–०३१ प ४९४९ नम्बरको स्कुटर बनस्थलीबाट ढुंगेधारा आउँदै गरेको सोही दिशातर्फ आउँदै गरेको ना.८ ख ३५०१ नम्बरको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा स्कुटरको पछाडि सवार रसुवा घर भएका विशाल लामा रहेकाे प्रहरी वृत्त बालाजुका एक जना अधिकृतले बताए । मृतक २२ वर्षीय विशाल लामा रसुवाको आमाछोदिङ गाउँपालिकाका स्थानीय हुन् । स्कुटर २१ वर्षीय अंकित शाहीले चलाएका थिए ।
ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय कृष्ण गौतमलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीकाे भनाइ छ ।
प्रकाशित मिति :मंसिर २१, २०८० बिहिवार -
१९:५२:२९ बजे