Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज पहिलो खेलमा नेपाल पाकिस्तानसँग खेल्दै

आज पहिलो खेलमा नेपाल पाकिस्तानसँग खेल्दै

जोईन खबर

२२, मंसिर २०८०
  • 598
    SHARES
  • आज पहिलो खेलमा  नेपाल पाकिस्तानसँग खेल्दै

    २२ मंसिर काठमाडाैँ । नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ। खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबईको आइसीसी क्रिकेट मैदानमा सुरु हुनेछ। आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ।

    images

    प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ए मा छन्। समूह बी मा युएई, जापान, श्रीलंका र बंगलादेश छन्। प्रतियोगिता पुस १ गते सम्म चल्नेछ । सबै खेल आइसिसी एकेडेमी ओभल–१ र २ दुबईमा हुनेछन्।

    images
    images
    images

    यू–१९ विश्वकपमा नेपालको समूह डी मा न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन्। विश्वकप अघि एसिया कप नेपालको तयारीको सबैभन्दा राम्रो अवसर, स्तर पनि मापन र कमजोरी पत्ता लगाउने प्रतियोगिता मानिएको छ। नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू–१९ खेलमा अपराजित रहँदै दुई उपाधि जितेको छ।

    गत फागुनमा आइसीसी यू–१९ विश्वकप एसिया र एक महिना अघि एसिसी प्रिमियर कपको उपाधि जितेको थियो। तर सबै एसोसिएट टोली थिए।  यस पटक सेमिफाइनल खेल्न दुई खेल जित्नुपर्ने हुन्छ।  नेपालले एसियाका सर्वाधिक बलिया टोलीलाई नेपालले हराउनु पर्छ।

    नेपाली युवा टोलीले पछिल्लो समय सानदार प्रदर्शन गरेको छ। त्यसमा सिनियर टोलीका अलराउन्डर गुलशन झाको आगमनले टोली सन्तुलन र मजबुत झनै बढाएको छ। त्यसैको कारण युवा टोली इतिहास रच्ने सोचका साथ यूएई पुगेकोछ। नेपाल हालसम्म एसिया कपमा फाइनलमा पुग्न सकेको छैन। यस पटक सेमिफाइनलमा पुग्न सके त्यो सम्भावना धेरै हुनेछ।ने

    नेपालले आइतबार अफगानिस्तानसँग खेल्नेछ भने आगामी मंगलबार भारतको सामना गर्नेछ। मंसिर २९ गते सेमिफाइनलका दुबै खेल हुनेछन्। समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ। समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नुपर्ने हुन्छ। पुस १ गते फाइनल खेल हुनेछ।

    प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - ०८:२५:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको