Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फेरी  पक्राउ परे नागढुंगाबाट २ किलो सुनसहित ३ जना 

फेरी  पक्राउ परे नागढुंगाबाट २ किलो सुनसहित ३ जना 

जोईन खबर

२२, मंसिर २०८०
  • 694
    SHARES
  • फेरी  पक्राउ परे नागढुंगाबाट २ किलो सुनसहित ३ जना 

    २२ मंसिर काठमाडौँ । काठमाडौंको मूख्य नाका नागढुंगामा दुई किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूको नाम र ठेगान खुलिसकेको छैन । काठमाडौँको अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगबाट दुई किलो सुन बरामद गरेको हो ।

    images

    गएराति दुई किलो सुनसहित तीनलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापाले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार सुन रसुवा नाकाबाट भित्र्याइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले पिकअप स्कार्पियोको गियर बक्समा लुकाएर सुन ल्याएको प्रहरीले जनाएको छ ।

    यस सम्बन्धमा आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइने काठमाडौं प्रहरी परिसरले बताएको छ।

    प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - १३:०५:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको