Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हेटौँडामा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

हेटौँडामा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

जोईन खबर

२२, मंसिर २०८०
  • 760
    SHARES
  • हेटौँडामा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा  एक जनाको मृत्यु

    २२ मंसिर काठमाडाैँ । हेटौँडामा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।हेटौँडा– १५ रातोमाटेस्थित  पूर्व–पश्चिम राजमार्गमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना.४ख ९५२० नम्बरको बसले सोही दिशातर्फ आउँदै  गरेको ना.५३प ८५२७  नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार निशा कुमारीको मृत्यु भएको हो।

    images

    मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका– १२ की ३२ वर्षकी निशा कुमारी रहेकी छिन्। उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

    images
    images
    images

    दुर्घटनामा मोटरसाइकलचालक सोही स्थानका ४३ वर्षीय रोशनकुमार रायको बायाँ खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।बसका चालक र मोटरसाइकल प्रहरी चौकी रातोमाटेको नियन्त्रणमा रहेको छ।

    प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - १४:४४:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको