Logo

बिहिवार, कार्तिक १३ गते २०८३

यसरी गर्नु फेसबुकको कल र मेसेन्जर सुरक्षित, पुरा हेर्नुहोस

यसरी गर्नु फेसबुकको कल र मेसेन्जर सुरक्षित, पुरा हेर्नुहोस

जोईन खबर

२२, मंसिर २०८०
  • 826
    SHARES
  • यसरी  गर्नु फेसबुकको कल र मेसेन्जर सुरक्षित, पुरा हेर्नुहोस

    २२ मंसिर काठमाडाैँ । फेसबुक मेसेन्जरका लागि एण्ड टु एण्ड एन्क्रिप्सन फिचर जारी गरेको छ । मेटाका सीईओ मार्क जुकरबर्गले यसको जानकारी गराएका हुन् । एक पोस्टमा जुकरबर्गले फेसबुक मेसेन्जरमा कल तथा मेसज अफ डिफल्ट रुपबाटै एण्ड टु एण्ड एन्क्रिप्टेड हुने बताएका छन् ।

    images

    यो अपडेटसँगै फेसबुक मेसेन्जर एप अब ह्वाट्सएप जस्तै सुरक्षाको मामिलामा सशक्त तथा सुरक्षित बनेको छ । फेसबुक मेसेन्जरकी प्रमुख लोरेडाना क्रिसनका अनुसार यस एन्क्रिप्सन पश्चात् मेटा वा कुनैपनि तेस्रो पक्ष एपहरुले प्रयोगकर्ताको मेसेन्जर कल वा मेसेज हेर्न पाउने छैनन् । 

    images
    images
    images

    स्मरण रहोस् फेसबुक मेसेन्जरमा सन् २०१६ देखि नै एनक्रिप्सन फिचर रहेको छ, तर यो डिफल्ट रुपमा आएको थिएन । अब नयाँ अपडेटसँगै यो डिफल्ट रुपमै एनक्रिप्टेड हुनेछ ।

    एआई टुल इमेजिन समेत लञ्च

    मेटाले हालैमात्र आफ्नो नयाँ एआई टुल इमेजिन समेत लञ्च गरेको छ । यसको सहयोगमा तपाईंले कुनै पनि फोटो वा ग्राफिक्स बनाउन सक्नुहुन्छ । त्यसका लागि तपााईले केवल टेक्स्ट लेख्नुपर्ने हुन्छ जसबाट यो टुललले तपाईंलाई तस्वीर बनाएर दिनेछ । –एजेन्सी

    प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - १५:१०:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको