Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मेट्रो न्युरो अस्पतालले मृत्यु मृत घोषणा गरी दाहसंस्कारका लागि पठाएका एक व्यक्ति जीवितै

मेट्रो न्युरो अस्पतालले मृत्यु मृत घोषणा गरी दाहसंस्कारका लागि पठाएका एक व्यक्ति जीवितै

जोईन खबर

२५, मंसिर २०८०
  • 757
    SHARES
  • मेट्रो न्युरो अस्पतालले मृत्यु   मृत घोषणा  गरी  दाहसंस्कारका लागि पठाएका एक  व्यक्ति जीवितै

    २५ मंसिर काठमाडाैँ ।अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ ।विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका-३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो ।

    images

    इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवालका अनुसार उहाँलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा  गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस हुनुभएका उहाँलाई तत्काल इनरुवा अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नहुने भन्दै विराटनगरमा रहेको कोशी अस्पताल रिफर गरिएको थियो । उपचारका क्रममा कोशी अस्पताल लगिएका सदाको टाउकोको तत्काल एमआरआई गर्नुपर्ने चिकित्सकले सुझाव दिएपछि उहाँलाई मेट्रो न्युरो अस्पतालमा भर्ना गरिएको उहाँकी श्रीमती सीता सदाले बताउनुभयो ।

    images
    images
    images

    शनिबार दिउँसो सो अस्पतालमा भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । उपचारका क्रममा लागेको ५० हजार रुपियाँ तिरेर शव लैजान भन्दै शवगृहमा राखिएका सदाको शव लैजान स्थानीय छिमेकी तथा आफन्तले आइतबार बिहानदेखि चन्दा रकम जुटाई अस्पताललाई तिरेर दाहसंस्कारका लागि इनरुवा ल्याइएको समाजसेवी राजेन्द्र पोख्रेलले बताउनुभयो ।अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवित रहेको पाइएसँगै सदाको परिवार, आफन्त, छिमेकी र सामाजिक अगुवाहरू सो अस्पताल प्रशासनसँग आक्रोशित बनेका छन् ।समाजसेवी पोखेलका अनुसार मेट्रो न्युरो अस्पतालले गरेको  चरम लापरबाहीको विषयमा स्थानीय प्रशासन र सुरक्षा निकाय गम्भीर बनी घटनामा संलग्न व्यक्ति र अस्पतालमाथि कडा कारबाहीको माग स्थानीयले गरेका छन् । एजेन्सी

    प्रकाशित मिति :मंसिर २५, २०८० सोमवार - १०:३०:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको