Logo

बुधवार, श्रावण १३ गते २०८३

सवारी लाइसेन्स सात दिन भित्र दिने व्यवस्था मिलाउछाै : यातायातमन्त्री श्रेष्ठ

सवारी लाइसेन्स सात दिन भित्र दिने व्यवस्था मिलाउछाै : यातायातमन्त्री श्रेष्ठ

जोईन खबर

१३, चैत्र २०७९
  • 679
    SHARES
  • सवारी लाइसेन्स सात दिन भित्र दिने  व्यवस्था मिलाउछाै :  यातायातमन्त्री  श्रेष्ठ

    १३ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कम्तीमा ३ दिनदेखि ७ दिनभित्र छपाइ गरेर दिने व्यवस्था गर्न लागिएको बताएका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ८ महिनापछि यस्तो व्यवस्था लागु हुने बताए ।

    images

    NEKAPA_NARAYANKAJI.jpg

    ‘दिनको २ हजार लाइन्सेन्स छाप्न नसकेर ब्याक लकमा बस्छ,’ उनले भने, ‘अहिले ८ लाख ब्याक लक छ, ८ लाख ब्याक लकमा लाइसेन्स नछापी ७ दिनभित्रै लाइसेन्स दिन नसकिने अवस्था छ ।’

    अर्को प्रिन्टिङ मेसिन किन्न टेन्डर भइसकेको भन्दै उनले त्यो मेसिन आएपछि ब्याक लक फुकाउने बताए । यस्ता बाँकी लाइसेन्स छाप्न आउट सोर्स गर्न खोज्दा खरिद कानुन र विगतमा भएका निर्णयहरु बाधा बनेको उनले बताए ।

     

    प्रकाशित मिति :चैत्र १३, २०७९ सोमवार - १४:५२:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको