२५ मंसिर काठमाडौँ ।धादिङ जिल्ला डिलबहादुर नेपालीको घरमा विद्युत लाइन सर्ट भई आगलागी भएको छ । धादिङको सिद्धलेक गाउँपालिका –२ झगरेस्थितमा आगलागी हुदा घरसहित सबै सामग्री जलेर नस्ट भएको हो ।
शनिबार राति भएको आगलागीमा उक्त नेपालीको घर जलेर पूर्णरूपमा नस्ट भएको सोही गाउँपालिका शिक्षक अमृत गुरुङले जानकारी दिनुभयो । रातको बेलामा आगोले घरभित्र राखिएका सबै सामान अन्नपात, लत्ताकपडा लगायत सामग्रीहरू जलेर नस्ट भएको थियो ,भने मानवीय क्षति नभएको शिक्षक गुरुङले बताउनु भयो।
नेपालीको आर्थिक अवस्था कमजोर भएकाे कारणले खाना बस्न देखि सबै कुराकाे अभावले समस्य भएकाेले सबैबाट आ–आफ्नोतर्फबाट सहयोग गर्न सिद्धलेक गाउँपालिकाअन्तर्गत नेपाल रेडक्रस सोसाइटी नलाङ उपशाखा कार्यालयमार्फत अनुरोध गरिएको छ ।