२५ मंसिर काठमाडौँ । दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला धनकुटा चौबिसे गा।पा। वडा नं। १ घर भई हाल जिल्ला काठमाण्डौ बाफल बस्ने बर्ष ३४ को लक्ष्मण श्रेष्ठ रहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानाकरी दिएका छन् ।
उनले विवेक पाटक भनेलाई वैदेशिक रोजगारीको लागि दुबईको प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, भने प्रलोभनमा पारी निज पीडितबाट एक लाख पन्चानब्बे हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले आरोपमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले लक्ष्मण श्रेष्ठलाई जिल्ला काठमाण्डौ का।म।न।पा। वडा नं। २६ नयाँ बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको छ ।