२७ मंसिर काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा बुधबारदेखि सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाएको छ । दुई साताअघि सार्वजनिक सूचना जारी गर्दै २७ मंसिर बुधबारदेखि महानगरको ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध हुने जानकारी गराइएको थियो ।
बुधबारदेखि महानगरभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध भएको छ ।सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको महानगरले जनाएको छ। कसैले अटेर गरी बिक्री वितरण गरेकोमा सुर्तीजन्य पदार्थको जफत गरी कानुनी कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।