Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोटमा कृषि सेवा शाखाद्वारा आयोजित एक दिने आलुको बीउ उत्पादन सम्बन्धी स्थलगत घुम्ती तालिम सम्पन्न

बारपाक सुलिकोटमा कृषि सेवा शाखाद्वारा आयोजित एक दिने आलुको बीउ उत्पादन सम्बन्धी स्थलगत घुम्ती तालिम सम्पन्न

जोईन खबर

२७, मंसिर २०८०
  • 820
    SHARES
  • बारपाक सुलिकोटमा कृषि सेवा शाखाद्वारा आयोजित एक दिने आलुको बीउ उत्पादन सम्बन्धी स्थलगत घुम्ती तालिम  सम्पन्न

    २७ मंसिर काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ६  ताकुकोट साविक गाविसस्थित पोखरीगैरामा व्यवसायिक रुपमा आलुको बीउ उत्पादनका लागि  एक दिने स्थलगत घुम्ती तालिम सम्पन्न भएको छ ।

    images

    75.jpg

    images
    images
    images

    कृषकहरुकै मागको आधारमा आलु बीउ उत्पादन कार्यक्रम सुरु गरेको पालिकाले जनाएको छ ।गाउँपालिका र ताकुकोट कृषिसहकारीको लागत साझेदारीमा बीउआलु उत्पादन कार्यक्रम सुरु भएको गाउँपालिका कृषि शाखा प्रमुख विनोद विश्वकर्माले बताए । सो क्षेत्रलाई व्यवसायिक रुपमा बीउआलु उत्पादन क्षेत्रको रुपमा विकास गर्नका लागि गाउँपालिका तिन लाख र सहकारीको तीन, गरी  जम्म ६ लाखको लागत साझेदारीमा  कार्यक्रम सुरु गरी सम्पन्न भएको उनले बताए ।

    74.jpg

    जनकदेव र एमएस बयालिस गरी दुई जातका नौ÷नौ हजारको १८ हजार आलुको दाना रोपिएको उनले बताए । यो खानका लागि नभई बीउ निर्माणका लागि मात्र गरिएको पालिकाको यो नयाँ कार्यक्रम हो,’ उनले भने, ‘पहिला खाने आलुका लागि बीउ दिइन्थ्यो, अहिले खाने आलु भन्दा पनि बीउमा आत्मानिर्भर बनाउनका लागि आलुको बीउ वितरण गरेका हौँ ।

    76.jpg

    पहिलो वर्ष उत्पादन गरेको आलुको दाना सानो हुने भएकाले खानाका लागि सस्तो तर बीउ भने महङ्गो पर्न जाने उनले बताए । उक्त बीउआलु पाँच पुस्तापछि मात्र खान योग्य हुने उनले बताए ।

    70.jpg

    पहिलो वर्ष दाना सानो हुने बताउँदै प्रत्येकवर्ष आलुको दानाको साइज बढ्दै जाने र ४÷५ वर्षपछि खानयोग्य हुने उनले जानकारी दिए । पहिलो वर्ष १५ सय केजी भन्दा बढी आलुको बीउ उत्पादन गर्ने लक्ष्य रहेको पनि उनले जानकारी दिए । सोमबार बिउ आलु उत्पादन तालिममा सुरु देखि नै आलुको बिउ कसरी लगाउने, पछि हेरचाह कसरी गर्ने, त्यसमा रोगकिरा लागेमा कसरी संरक्षण गर्ने लगायतका बारेमा जानकारी गराएको कृषिशाखा प्रमुख विश्वकर्माले जानकारी दिए ।

    71.jpg

    प्रकाशित मिति :मंसिर २७, २०८० बुधवार - १५:१२:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको