Logo

बिहिवार, कार्तिक १३ गते २०८३

डोनाल्ड टस्कले बुधवार राष्ट्रपति भवनमा पोल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरे

डोनाल्ड टस्कले बुधवार राष्ट्रपति भवनमा पोल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरे

जोईन खबर

२८, मंसिर २०८०
  • 661
    SHARES
  • डोनाल्ड टस्कले बुधवार राष्ट्रपति भवनमा पोल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरे

    २८ मंसिर काठमाडौँ । यूरोपका नयाँ प्रधानमन्त्रीको रुपमा पोल्याण्डका डोनाल्ड टस्कले शपथ ग्रहण गरेका छन् । बुधवार वार्सास्थित राष्ट्रपति भवनमा पोल्याण्डको डोनाल्ड टस्कले प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका हुन् ।

    images

    टस्कलाई सोमवार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्याण्डको संसदको तल्लो सदन सेज्मले प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो । राष्ट्रपति डुडाले बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

    images
    images
    images

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री व्लाडिस्लाव कोसिनियाक–कामिस्ज र उपप्रधानमन्त्री तथा डिजिटाइजेसन मन्त्री क्रिजिस्टोफ गावकोस्कीले पनि शपथ लिएका छन् । कुनै समय रक्षामन्त्री र परराष्ट्रमन्त्री भइसकेका राडोस्लाव सिकोर्सकीले फेरि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्नेछन् ।

    मंगलवार संसदमा प्रमुख नीतिगत भाषणमा, टस्कले सार्वजनिक क्षेत्रको तलब बढाउने र वार्सा र ब्रसेल्सबीचको कानूनी शासन विवादका कारण रोकिएको युरोपेली संघबाट ५९।८ बिलियन युरो ९६४।५ बिलियन अमेरिकी डलर० अनुदान र ऋणमा रोक लगाउने प्रतिवद्धता गरे ।६६ वर्षीय टस्क सन् २००७ देखि २०१४ सम्म पोल्याण्डको प्रधानमन्त्री र सन् २०१४ देखि २०१९ सम्म युरोपियन काउन्सिलको अध्यक्ष भइसकेका छन् । एजेन्सी 

    प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - ११:३७:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको