२९ मंसिर काठमाडौँ । चितवनको इच्छाकामना मन्दिर नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
दुर्घटनाको थप विवरणको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।