२९ मंसिर काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण आज धरौटी बुझाएर छुटने भए पछि उनलाई स्वागतका गर्ने कार्यकर्ताहरू केन्द्रीय कारागार अगाडि जम्म भएका छन्।
आज बिहानैदेखि रिहाइको प्रकियामा रहेका खाँणले जिल्ला अदालत काठमाडौँमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन्।
उनलाई सम्पत्ति शुद्धीकरणमा उपस्थित गराइएको छ। त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी छ। रिहाइ प्रकियाका लागि निस्किएका खाँण भने उतैबाट घर जाने भएका छन् ।