१ पौष काठमाडौँ ।बारपाक सुलिकोट गाँउपालिकाले प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।गाउँपालि चालु आर्थिक २०८०/०८१ मा सम्पन्न गरेको चार महिने प्रथम चौमासिक अवधिमा भएका विकाश निर्माण नागरिकको सन्तुष्टी तथा गुनासो र कार्यलयबाट भएका सेवा प्रवाह सम्बन्धि बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजन गरिएको हो।

गाउँपालिकाले चार महिना भरी गरिएको योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्तीत गर्नका लागि गाउँपालिकाले प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाई गर्ने गरेको गाउँपालिकाका प्रवक्ता शुभ प्रभात नेपाली जित बहादुरले बताउनु भयो ।

उक्त आयोजन बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टको अध्यक्षतामा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रम गाउपालि वडा न ४ सौरपानी भञ्ज्याङ्गमा भएको हो । यही मिति २०८०/ ०८/३० मा स्थानिय जनताहरुको आम भेला गरी बारपाक सुलिकोट गाँउपालीकाले सार्वजनिक सुनुवाई गरेको छ।

२०८०/०८१ को आर्थिक बर्षको सुरुको महिना साउन बाट आर्थिक बर्ष सुरु भए संगै गाँउपालीका बाट कार्यन्वाएन हुने विकाश निर्माणको कार्यन्वायन चरण सुरु हुन्छ।

कार्यलय बाट सेवा प्रवाहमा सेवाग्रहीहरुले सर्वसुलभ ढङ्ग बाट सेवा पाए नपाएको सम्बन्धमा जनताको गुनासो सुन्ने र गुनासोलाई जनताको आवस्यक्ता ठानी कार्यलयले समाधान गर्न र सहज वातावरण बनाई सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने छ। गाँउपालीका ले प्रत्येक चौमासीक मा गर्ने सार्वजनिक सुनुवाई आर्थिक बर्षमा तीन पटक गर्ने गर्छ।

बारपाक सुलिकोट गाँउपालिकाले पालिकाको आठ वटै वडाहरुलाई प्रत्यक्ष सहज हुने गरि घुम्ति सार्वजनिक सुनुवाई गर्दै आएको छ। यो बर्षको पहिलो चौमासिक सार्बजनिक सुनुवाई वडा न ४ मा भएको छ।

स्थानिय जनताहरु बाट आएका प्रश्नको जवाफ गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, सम्बन्धित कार्यलय प्रमुखहरु बाट जवाफ दिनेकाम भएको गाउँपालिका प्रवक्ता शुभ प्रभात नेपाली जित बहादुरले जानकारी दिनुभयाे ।
