जिल्लाकाे गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा रहेकाे महालक्ष्मी माध्यमिक बिद्यालयलाई कल्स ओवर रिजेज नेपाल संस्थाले विद्यार्थीबाहक बस हस्तान्तरण गरिएको छ । उक्त बस आइतवार बिद्यालयलाई हस्तान्तरण गरिएको हो । कल्स ओवर रिजेज नेपाल संस्थाकी प्रमुख कार्यकारी अधिकारी साङ डोमा शेर्पाले एक कार्यक्रमका बीच बसको चावी गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानालाई हस्तान्तरण गरीए संगै प्रमुख रानाले बिद्यालयका प्रधानाध्यापक चुडामणी काप्रीलाई हस्तान्तरण गरेका थिए ।
२८ लाख ३३ हजारमा बस खरिद गरिदा भन्सार छुट समेत गरिएकाे बिद्यालयका प्रअ काप्रीले बताए । ‘भन्सार छुट नगरेकाे भए गाडीको मूल्य ४८ लाख पर्ने थियाे,भन्सार छुट भएकाले मूल्य कम प¥यो,’ उनले भने । बिमा शुल्क, दर्ता शुल्क, सिट कभर लगायतका अन्य कामसहित बसको मूल्य कुल २९ लाख ८५ हजार पर्न गएको उनले जानकारी दिए ।
उनका अनुसार यसअघि बिद्यालयले बस भाडामा लिएर बिद्यार्थी ओसार पसार गर्दै आएको थियो । अव भने बिद्यालयकै बसमा बिद्यार्थी ओसार पसार गराउन पाउने भन्दै उनले खुशी व्यक्त गरे । बार्षिक ब्लू बुक नविकरण गर्दा लाग्ने शुल्क गोरखा नगरपालिकाले तिर्ने प्रतिवद्धता जनाएको छ । दश बर्षसम्म नविकरण शुल्क तिरिदिने प्रतिवद्धता नगरपालिकाले गरेको हो ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र बस्नेत अध्यक्षता तथा गोरखा नगरपालिका मेयर रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख मसलीमाया थोकर, शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख सुवास आचार्य, गोरखा नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्का, बिद्यालयको गुणस्तर लेखाजोखा तथा सुपरिवेक्षण समिति अध्यक्ष शिव केसी, संस्थाकी प्रमुख कार्यकारी अधिकारी शेर्पा, बिद्यार्थी आरती गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
उक्त संस्थाले गोरखा नगरपालिकाको २० वटा सामुदायिक बिद्यालयमा दिवा खाजा परियोजना समेत सञ्चालन गरिरहेको छ । दिवा खाजाका लागी इसिडिदेखि कक्षा ५ सम्म नेपाल सरकारले प्रति बिद्यार्थी १५ रुपैया उपलब्ध गराउछ, हामीले त्यसमा प्रति बिद्यार्थी ५ रुपैया उपलब्ध गराउँदै आएका छौ,’ उनले भने, ‘कक्षा ६ देखि १० सम्मका बिद्यार्थीलाई भने हामीलेप्रति बिद्यार्थी २० रुपैयाँ दिने गरेका छौँ ।’ उक्त कार्यक्रम अन्तरगत बिद्यार्थीलाई दिवा खाजाका लागि आर्थिक सहयोग गर्दै आएको संस्थाका जिल्ला संयोजक राजेश श्रेष्ठले बताए ।