३ पुष काठमाडाैँ । दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको उपाधि टाइम्स र रोयलले सोमबार जितेका छन् । टाइम्स पुरुष तथा रोयल महिला यु–२३ मा च्याम्पियन बनेका हुन् ।नखिपोटस्थित आयोजक नखिपोट युवा क्लबको कभर्डहलमा भएको पुरुष फाइनलमा टाइम्सले बूढानीलकण्ठलाई ८४–७१ ले पराजित ग¥यो ।
टाइम्सको जितमा मनीष केसीले २८ अंक योगदान गरे ।पहिलो क्वाटरमा १८–१४ को अग्रता लिएको टाइम्स दोश्रोमा १९–२० ले पछि प¥यो । टाइम्सले तेश्रो क्वाटरमा गरेको ३०–१६ को प्रदर्शन जितका लागि महत्वपूर्ण साबित भयो ।अन्तिम तथा चौथो क्वाटरमा बूढानीलकण्ठले २१–१७ को अग्रता बनाएपनि जित हात पार्न सकेन ।विजेताले १ लाख ५ हजार तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गरे ।
‘मोस्ट भेलुएबल प्लेयर’ टाइम्सका सदीश प्रधानलाई २५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरियो ।महिलाको उपाधि भिडन्तमा रोशनी श्रेष्ठको १९ अंक सहयोगमा रोयलले बूढानीलकण्ठलाई ४८–३९ ले हरायो ।पहिलो क्वाटरमा ८–१४ ले पछि परे पनि रोयलले बाँकीका ३ क्वाटरको नतिजा आफ्नो पक्षमा पार्दै उपाधि हात पार्न सफल भयो ।
रोयलले दोश्रोमा १३–५, तेश्रोमा १२–७ र चौथोमा १५–१३ को प्रदर्शन ग¥यो ।पहिलो भएको रोयलले ५० हजार तथा दोश्रोमा रहेको बूढानीलकण्ठले २५ हजार नगद पुरस्कार पाए । ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिएकी रोशनी श्रेष्ठले १० हजार नगद पुरस्कार पाइन् ।