३ पुष काठमाडाैँ । जितपुरसिमरा उपमहानगरपालिका-३ का वडा अध्यक्ष तारा कार्की पाँच लाख घुससहित सोमबार पक्राउ परेका छन्।
वडा अध्यक्ष कार्कीले स्थानीय ब्यपारीबाट जितपुरको एक मिठाइ भण्डारमा पाँच लाख घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा प्रमुख उमाकान्त आचार्यले जितपुरसिमरा उपमहानगरपालिका ३ का वडा अध्यक्ष घुस लिँदै गर्दा पक्राउ गरिएको बताए।कार्की एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।