Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाराबाट काठमाडौँतर्फ आउदै गरेको बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु ,६ जना घाइते

बाराबाट काठमाडौँतर्फ आउदै गरेको बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु ,६ जना घाइते

जोईन खबर

४, पौष २०८०
  • 730
    SHARES
  • बाराबाट काठमाडौँतर्फ आउदै गरेको बस र  ट्रक ठोक्किँदा   ३ जनाको मृत्यु ,६ जना घाइते

    ४ पुष काठमाडौँ । पूर्वपश्चिम राजमार्गको बाराको  ३ नम्बर पुलमा बस र ट्रक ठोक्किँदा  ३ जनाको मृत्यु भएको छ ।

    images

    बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ को ३ नम्बर पुल नजिक काठमाडौँतर्फ जाँदै गरेको बा ३–००१ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा बस चालक हेटौँडा ३ बसामाडीका हरिशम्सेर सुयाल थापा, तनहुँका २८ वर्षीय पूर्ण गुरुङ,र एक जना पहिचान नखुलेको व्यक्ति रहेका छन् ।

    दुर्घटनामा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । अरू थप विवरण आउन बाकी रहेको प्रहरीले बताएको हो ।

    प्रकाशित मिति :पौष ४, २०८० बुधवार - १०:१५:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको