Logo

बिहिवार, कार्तिक १३ गते २०८३

साउदी अरब पठाइदिने भन्दै ठगी गरेको आरोपमा मेनपावर सञ्चालकसहित दुई जना पक्राउ

साउदी अरब पठाइदिने भन्दै ठगी गरेको आरोपमा मेनपावर सञ्चालकसहित दुई जना पक्राउ

जोईन खबर

४, पौष २०८०
  • 775
    SHARES
  • साउदी अरब पठाइदिने भन्दै ठगी गरेको आरोपमा  मेनपावर सञ्चालकसहित दुई जना  पक्राउ

    ४ पुष काठमाडाैँ । नेपाली युवालाई वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौंको पुरानो बानेश्वरस्थित ओसो रिक्रुटिङ मेनपावरका सञ्चालकसहित दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो।  

    images

    पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्ने मेनपावर सञ्चालक ४२ वर्षीय लक्ष्मण विश्वा र जिल्ला काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–१० काभ्रेकी ४० वर्षीया सोफी मल्ल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

    images
    images
    images

    उनका अनुसार निजहरूले ओमबाबु साहलाई साउदी अरेबिया पठाइदिने भन्दै रु एक लाख २५ हजार रकम लिई सम्पर्कविहीन भएपछि पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

    प्रकाशित मिति :पौष ४, २०८० बुधवार - १६:०५:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको