Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ढुङ्गा खसेर घाईते भएका धार्चे निवासी केमी गुरुङलाई हेलीकप्टर मार्फत उद्वार गरी राजधानी पु¥याइयो

ढुङ्गा खसेर घाईते भएका धार्चे निवासी केमी गुरुङलाई हेलीकप्टर मार्फत उद्वार गरी राजधानी पु¥याइयो

जोईन खबर

४, पौष २०८०
  • 775
    SHARES
  • ढुङ्गा खसेर घाईते भएका  धार्चे निवासी  केमी गुरुङलाई  हेलीकप्टर मार्फत उद्वार  गरी राजधानी  पु¥याइयो

    ४ पुष काठमाडाैँ । उत्तरी गोरखामा मंगलबार साँझ भिरबाट खसेको ढुङ्गाले लागेर गम्भिर घाईते भएका युवकको हेलीकप्टर मार्फत उद्वार गरी उपचारको लागि राजधानी पु¥याइएको छ ।

    images

    घाईतेका उनी खच्चड मालिक धार्चे गाँउपालिका–५ माछाखोला निवासी ३५ बर्षिय केमी गुरुङलाई राजधानी लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

    images
    images
    images

    घाईते गुरुङ चृुमनुब्री गाँउपालिका–५ को बिहिबाट माछाखोला तर्फ आउने क्रममा मंगलबार साँझ पान्द्रङ भिरबाट खसेको ढुङ्गाले लागेर गुरुङ ५० मिटर तल भिरमा खसेका थिए ।

    उनलाई स्थानियले देखेर हिजै नै उद्वार गरी विहीको स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

    ढुङ्गाले लागेका गुरुङ बायाँ खुट्टा भाँचिएको छ भने शरिरको विभिन्न भागमा चोट लागेको गोरखा प्रहरीले जानकारी दिएको छ । उनको नेपाली सेनाको हेली मार्फत उद्वार गरि ।  मनमोहन अस्पतालमा उपचार सुरु गरिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :पौष ४, २०८० बुधवार - १६:५८:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको