Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एयर अरेबियाको जहाजभित्र शिशु जन्माएर छाड्ने एक महिलालाई पक्राउ

एयर अरेबियाको जहाजभित्र शिशु जन्माएर छाड्ने एक महिलालाई पक्राउ

जोईन खबर

४, पौष २०८०
  • 847
    SHARES
  • एयर अरेबियाको जहाजभित्र शिशु जन्माएर छाड्ने एक महिलालाई पक्राउ

    ४ पुष काठमाडाैँ । एयर अरेबियाको जहाजभित्र शिशु जन्माएर छाड्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।युएईबाट काठमाडौँ अवतरण गरेको एयर अरेबिया जहाजको शौचालयभित्र शिशु मृत फेला परेपछि अनुसन्धान गर्ने क्रममा कुवेतबाट युएई हुँदै नेपाल आएकी ती महिलाले शौचालयमा बच्चा जन्माएर छाडेको पाइएको हो।

    images

    मृत शिशु शौचालयको कमोडभित्र फेला परेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। यसरी बच्चा जन्माएर छाड्ने कुवेतबाट आएकी २८ वर्षीया नेपाली महिला हुन्। उनी कामदारका रुपमा कुवेत गएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    जहाज सरसफाइ गर्ने क्रममा शौचायलमा मृत शिशु फेला परेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। उनीमाथि अहिले गौशाला प्रहरीले अनुसन्धान गरिरहेको छ। उनले शिशु भने आफ्नै श्रीमानको भएको दावी गरेकी बताइएको छ।

     

     

    प्रकाशित मिति :पौष ४, २०८० बुधवार - २०:३३:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको