Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नारायणगढ-मुग्लिन सडकखण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने

नारायणगढ-मुग्लिन सडकखण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने

जोईन खबर

५, पौष २०८०
  • 703
    SHARES
  • नारायणगढ-मुग्लिन सडकखण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने

    ५ पुष काठमाडाैँ । नारायणगढ-मुग्लिन सडकखण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ।

    images

    नारायणगढ-मुग्लिन सडकखण्डकाे तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ना रायणगढ-मुग्लिनले आज एक सूचना जारी गरेर जनाएको हो।

    images
    images
    images

    नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन्भने मालवाहक सवारीसाधन भतेरी जंगलदेखि रामनगरसम्म रोकिने छन्।

    काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ। पोखराबाट आउने यात्रीवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ।

    प्रकाशित मिति :पौष ५, २०८० बिहिवार - १४:०३:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको