Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुलिकोट  सहकारीको तेस्रो साधारणसभा पुष ७ गतेदेखि हुने

सुलिकोट  सहकारीको तेस्रो साधारणसभा पुष ७ गतेदेखि हुने

जोईन खबर

५, पौष २०८०
  • 2.7K
    SHARES
  • सुलिकोट  सहकारीको तेस्रो साधारणसभा पुष ७ गतेदेखि हुने

     

    images

    ५ पुष काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकामा रहेको सुलिकोट  बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा यहि पौष ७ गते देखि हुने भएको छ  ।

    images
    images
    images

    सुलिकोट बहुउद्देश्यीय सहकारीको तेस्रो वार्षिक साधारण सभा पौष ७ गते ताकुकोट,देउराली सेवा केन्द्र, पौष ८ गते मुख्य कार्यालय सौरपानी र पौष ९ गते बारपाक सेवा केन्द्रमा हुने भएको हो । साधारण सभामा संस्थाको सबै शेयरसदस्य हरुलाई उपस्थित हुन आमन्त्रण गरीएको संस्थाका सह-सचिव राजन बाबु श्रेष्ठले जानकारी गराउनु भएको छ ।

    410648935_261189433378901_108426284828834291_n.jpg

    वार्षिक साधारणसभामा बिभन्न प्रस्ताव र विषयमाथि छलफल गर्ने पनि  संस्थाले जनाएको छ।साधारणसभामा संस्थाको संञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन प्रस्तुतगर्ने, छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदन छलफल गरि पारित गर्ने र आर्थिक बर्ष २०८०/८१ को लेखा परीक्षण गर्न लेखापरीक्षक नियुक्ति तथा  पारिश्रमिक निर्धारण गर्ने, कोषाध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०७९/०८० प्रतिवेदन छलफल गरि पारितगर्ने, संस्थाको व्यवसायिक योजना, सञ्चालक तौर तरिकाको छलफल र पारित सम्बन्धमा जल बिद्मुत परियोजना सञ्चालन तौर तरिकाको छलफल गरि पारित गर्ने, आर्थिक वर्ष  २०८०/०८१ को लागि संस्थाको वार्षिक कार्यक्रम तथा  अनुमानित बजेट, साधारण  सभाको निर्णय पुस्तिका प्रमाणीत गर्न शेयर सदस्य र संञ्चालक समितिका तर्फबाट सदस्यको मनोनयन गर्ने लगायतको प्रस्तावहरु छलफल गरिने  सचिव बुद्दिमान श्रेष्ठले जानकारी गराउनुभएको छ । 

    प्रकाशित मिति :पौष ५, २०८० बिहिवार - १५:२५:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको