Logo

बुधवार, श्रावण १३ गते २०८३

गौतमबुद्ध क्रिकेट रंगशालाको समस्या समाधान एक दुई हप्तामा हुन्छ: प्रधानमन्त्री पुष्पकमल दाहाल

गौतमबुद्ध क्रिकेट रंगशालाको समस्या समाधान एक दुई हप्तामा हुन्छ: प्रधानमन्त्री पुष्पकमल दाहाल

जोईन खबर

१६, चैत्र २०७९
  • 649
    SHARES
  • गौतमबुद्ध  क्रिकेट रंगशालाको समस्या समाधान एक दुई हप्तामा हुन्छ: प्रधानमन्त्री पुष्पकमल दाहाल

    १६ चैत काठमाडाैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन् ।

    images

    gautambudda-rangasala21679220567.jpg प्रधानमन्त्री प्रचण्डले अबको एक हप्ता वा दुई हप्ता भित्र अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने बताए । झण्डै डेढ वर्षदेखि रकम अभावमा रोकिएको रंगशालाको काम चाँडै अगाडि बढ्ने उनको भनाइ छ ।thumb (2).jpg

    धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको उधारो र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी छ । रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन फाउन्डेसनले पत्राचार गरे पनि थप प्रक्रिया अघि बढेको छैन।

     

    प्रकाशित मिति :चैत्र १६, २०७९ बिहिवार - १२:३६:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको