Logo

बिहिवार, कार्तिक १३ गते २०८३

झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी हुदैँ

झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी हुदैँ

जोईन खबर

६, पौष २०८०
  • 757
    SHARES
  • झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी हुदैँ

    ६ पुष काठमाडाैँ । संघीय संसद सचिवालयका महिला अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी भएको छ ।संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटाएको भन्दै एक महिला शाखा अधिकृतलाई झापड हानेका थिए ।

    images

    मंसिर तेस्रो साता भएको उक्त घटना प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर समक्ष पुगेको थियो । घटनाबारे थाहा पाएपछि उपसभामुख राना मगरले उपसचिव गैरेसँग सोधपुछ गरेकी थिइन् ।घटनाबारे गैरेले माफी समेत मागेका थिए ।संसद सचिवालयको प्रशासनले उपसचिव गैरेसँग स्पष्टीकरण सोधेको थियो ।

    images
    images
    images

    यो दफा अनुसार कारबाही भएमा उनको दुई वर्षदेखि पाँच वर्षसम्म बढुवा रोक्का वा दुई वर्षदेखि पाँच वर्षसम्म तलबवृद्धि रोक्का हुने छ । संसद सचिवालय ऐन २०६४ को दफा ८३ अनुसार गैरेमाथि कारबाहीको तयारी भएको सचिवालय स्रोतले जनाएको छ । 

    प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - १४:१०:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको